"आवाज प्रकृति पुजकको" किरातिहरुको बृहत् आकार हो

 
World Kirat organization
Existence of Kiratis

प्रकृति पुजक किरात को भुमिका।                                  आवाज  प्रकृति पुजकको (Voice of Nature Worshiper ) मा सबैलाई हार्दिक स्वागत छ।साथै किरात सम्बत ५०८२ को विशेष शुभकामना छ। 

विषय प्रवेश 

विशेष गरि यो साइट किरात समुदायको भाषा,सस्कृती,रहन सहन, जिवनशैली,रिति प्रथालाइ प्रकाश पार्ने उद्देश्यले निर्माण गरिएको छ। किरात समुदायका विद्वान वर्ग,गैरकिरात तर किरात सम्बन्धि अध्ययन गर्ने,लेख लेख्ने विद्वान वर्गको विचार,निश्कर्षलाई यहि साइट मार्फत प्रस्तुत गर्ने (आवाज प्रकृति पुजक ) को उद्देश्य हुनेछ।

कुनै पनि समुदायको चिनारी त्यो समुदायको रहनसहन ,रिति रिवाज,सास्कृतिक पक्ष,भाषा र धार्मिक मूल्य र मान्यताले दिने गर्दछ। यी पक्षहरु भनेका मानिसहरुको अलगअलग भुमिका मर्फत अवलम्बन गरिएका आ-आफ्नै सामाजिक सम्पत्ती हुन। र यो चिनारी आपसी सद्भावना विविधता भित्र जिबित रहने गर्दछ। 

विकसित समाजमा जुनसुकै समुदायको भषा,धर्म,सस्कृती र भेष,भुषा नितिगत,समाजमुखी हुनुपर्दछ। मिश्रित समाजमा हरेकले आफ्नो अस्थित्व जोगाएर सद्भवका साथ रहने अधिकार हुन्छ। राज्याको तल्लो निकाय देखि माथिल्लो निकायसम्म समानताका साथ समतामूलक पद्दतिले सबै को पहिचानको सम्बोधन हुनुपर्दछ।यति मात्रै पर्याप्त हुदैन तेसैले स्वयं समुदाय आफैले आफ्नो भाषा,धर्म,सस्कृती र जिवनशैली  को लागि विशेष योगदान दिन आवश्यक हुन्छ।यिनै पक्षलाइ प्रमुख मानी किरात समुदायमा जनचेतना बाड्न,सुसूचित गर्न,जागारुक बनाउने उद्देश्य का सथ हाम्रो यात्रा थलनी भएको छ।

समग्रमा किराती एकता, किराँती सभ्यताको उत्थान,संरक्षण गर्ने कार्यमा विशेष भुमिका प्रदान गर्ने उद्देश्य यो विश्व किरात संगठनले लिएको अवगत गराउदछौँ।


Comments